इतिहास बिर्सन/भूल्न सकिन्छ तर मेटाउन किमार्थ सकिदैन ।
सारा राष्ट्रप्रेमी, राष्ट्रभक्त स्वाभिमान नेपालीहरुको महान उत्सव, पर्व सिङ्गो नेपाल निर्माणका नायक श्री ५ पृथ्वी नारायण शाहको जन्म जयन्ती तथा राष्ट्रिय एकता दिवसको पवित्र दिनमा वहां प्रति सम्मान अपर्ण गर्न, वंहाको सत् प्रयासको स्मरण गर्न, वहांको योगदानलाई आत्मसात गर्नु प्रत्येक स्वाभिमान नेपालीको पहिलो कर्तब्य हो । यस्ता राष्ट्रप्रेमी नायकलाई राष्ट्रिय एकताको प्रतीकको रुपमा युग युगान्तर सम्म कुनै पनि नेपालीले भुल्ने छैनन ।
नेपाल राष्ट्रको निर्माणकर्ता वहाको जन्म जयन्ती राष्ट्रिय अस्मितासंग गासिएकोले पौष २७ गतेलाई राष्ट्रिय पर्वको रुपमा राष्ट्रले भब्य रुपमा मनाउन सार्बजनिक बिदा दिइनु पर्द्छ भनेर सम्पूर्ण राष्ट्रभक्त स्वाभिमान नेपालीहरु लगाएत ठकुरी सहयोग संजालले बिगत ४ बर्ष देखि राज्यलाई दवाब दिईरहेको थियो । वहा प्रतिको सच्चा सम्मान तथा योगदानको साचो मूल्याड्ढन गर्दै नेपाल सरकारले यस बर्ष देखि पौष २७ गते श्री ५ पृथ्वी नारायण शाहको जन्म जयन्ती तथा राष्ट्रिय एकता दिवसको रुपमा मनाउन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । नेपाल सरकारको यो निर्णयलाइ हामी सबै स्वाभिमानी नेपालीहरु स्वागत गर्दछौ ।
आउदो २०७४ पौष २७ गते २९६ औ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको दिन ठकुरी सहयोग संजालले नुवाकोटको देबिघाट मोहन तीर्थ स्थित पृथ्बी चितामा कार्यक्रम गर्ने छ । उक्त कार्यक्रमलाई भब्य रुपमा सफल बनाउन यहाहरुको उपस्थितिको लागि ठ स स हार्दिक आग्रह ट्क्र्याउद्छ । जय राष्ट्रिय एकता ।
मिति - २०७४/०९/२७ बृहस्पतिबार
काठमाडौँ (ठ स स ) बाट बस छुटने समय - बिहान ७:१५ बजे
भेला हुने स्थान - ठ स स कार्यालय डिल्लीबजार पिपलबोट नगिच
सम्पर्क -
रेशम जंग शाह ९८५१०६३७९२
किरण शाह - ९८५१०९३८५२
निराजन बिक्रम शाह- ९८४१६७१६८१— meeting the royal family.