भेट मा साथीभाइ मुस्काउदै सोध्छन के छ यार
म पनी मुस्कुराउदै भन्छु ठीक छ यार!!!
यकछीन पछी आफैसीत प्रश्न गर्नु मन लाग्छ?
के म पक्कै ठीकै छू त????????????????
यत्रा कहाली लाग्दा १६ वसन्त हरु
कयौ बर्खा अनी मसान्तहरु
मुटु भन्दा प्यारा जन हरु देखी टाढा हुदा
ठीकै हुनी तेरो मन हरु महान तलाइ नमन
अरब को प्रचन्ड गर्मी मा पसिना चुहाउदा पनी
आफन्त को खुसी मा अइया नभनी रमाउने
तेरो तन हरु महान तलाइ नमन
सास फुलाइ मुठ्ठी कसेर दीनरात नभनी
कमाउदैछस ये प्रदेसी
तेरो धन ले परीवार मात्र होइन सीङ्गो देश बाचीरहेछ
यो तैले कमायको धन लाइ नमन
धन को लागी प्रदेशियको तेरो बलीस्ठ शरीर
धन को बाकस लीयर फर्कीयोस
काठ को बाकस मा फर्कीन नपरोस
मेरो यो प्रथना सुनीदीय त्यो महान
भगबन लाइ नमन,त्यो भगबन लाइ नमन!!!!
म जस्तै सम्पुर्ण प्रदेशीहरु मा समर्पित,,,,,
(नबिनहमाल प्रदेशी)